कसरी कमाउने अनलाइनबाट

कसरी कमाउने अनलाइनबाट

घरमै बसीबसी बिना लगानी पैसा कमाउने रहर कसलाई पो नहोला र ? बेरोजगारीको चरम मारमा परिरहेको हाम्रो समाजमा त यो इच्छा नहुने झन बिरलै भेटिएलान ।

ठुलो लगानी बिना नै नेपालमै पनि २० हजार देखि २ लाखभन्दा बढि मासिक कमाइ गर्नेको कमि हाम्रै नेपालमा पनि छैन । र घरमै बसेर एकदमै थोरै लगानी अथवा भनौं बिना लगानी मनग्य आम्दानी गर्ने माध्यम बनिरहेको छ अनलाइन । आज हामी कसरी अनलाइनका माध्यमबाट आम्दानी गर्ने भन्ने विषयमा नै चर्चा गर्नेछौं ।

१. क्यप्चा सल्भर


यो अनलाइन बाट पैसा कमाउने एकदमै सजिलो तरिका हो । यसमा तपाईंले तस्विरमा देखाइएको क्याप्चालाई पढेर जस्ताको तस्तै टाइप गर्नुपर्ने हुन्छ । तपाईंले जति धेरै क्याप्चा टाइप गर्नुहुन्छ, त्यति नै धेरै तपाईंको कमाइ हुन्छ । लगभग एक हजारवटा क्याप्चा टाइप गर्दा तपाईंले दुई देखि तीन डलरसम्म प्राप्त गर्न सक्नुहुन्छ ।

२. पीटीसी / जीपीटी साइटहरु


पेड टु क्लिक (पीटीसी)का लागि उपलब्ध विभिन्न फ्रि साइटहरुको मद्दतबाट तपाईंले सजिलै आम्दानी गर्न सक्नुहुन्छ । यसमा तपाईंले वेबसाइटमा रहेको विज्ञापन क्लिक गर्नुपर्ने हुन्छ र १० देखि ३० सेकेण्ड सम्म त्यो विज्ञापन हेर्नु आवश्यक हुन्छ । तपाईंले हेर्ने प्रत्येक विज्ञापनबाट तपाईंले कमाइ गर्न सक्नुहुन्छ ।

गेट पेड टु (जीपीटी)साइटका माध्यमबाट भिडिओ हेरेर, त्यहाँ भएका खेलहरु खेलेर अथवा त्यहाँ उपलब्ध अन्य सेवाहरु प्रयोग गरेर तपाईंली आर्थिक आर्जन गर्न सक्नुहुन्छ ।

३. एडसेन्स र अन्य एड नेटवर्क


तपाईं धैर्यवान हुनुहुन्छ भने मात्र यो तरिका तपाईंलाइ उपयुक्त हुनसक्छ । माथि चर्चा गरिएका तरिका जस्तै यो सहज छैन भने पहिलोपटक आम्दानी गर्न पनि तपाईंले लामो समय प्रतिक्ष्या गर्नुपर्ने हुन्छ ।
गुगल एडसेन्सका लागि तपाईंसंग वेबसाइट हुन आवश्यक छ । वेबसाइटमा तपाईंले नियमित रुपमा पाठक (भिजिटर)हरुको उपस्थिति गराउनु पर्दछ र मात्र तपाईंले त्यहाँ प्राप्त विज्ञापन(एड) अनुसार आम्दानी गर्न सक्नुहुनेछ । तपाईंको वेबसाइटमा आउने भिजिटर अनुसार तपाईंले यो माध्यमबाट महिनाकै लाखौँ रुपैयाँसम्म आम्दानी गर्न सक्नुहुन्छ ।

४. फ्रिल्यान्सिङ


फ्रिल्यान्सरका रुपमा तपाईंले अनलाइनमा नै रहेर विभिन्न साना तथा ठुलो कम्पनीका कामहरु अस्थायी रुपमा गर्न सक्नुहुन्छ । तपाईंले आफुमा रहेको क्षमताअनुसार त्यहाँबाट काम प्राप्त गर्न सक्नुहुन्छ र त्यहि अनुसार तपाईंको आम्दानी रहन्छ । तपाईंलाई प्राविधिक कामका अतिरिक्त अप्राविधिक कामहरु पनि फ्रिल्यान्सिङमा उपलब्ध हुन्छन् ।
इल्यान्स , अपवर्क जस्ता बिभिन्न वेबसाइटहरु फ्रिल्यान्सिङका लागि विश्व प्रसिद्द रहेका छन् ।

५. अन्य
माथि उल्लेखित कार्यका साथै तपाईंले भर्चुअल एसिस्टेन्टका रुपमा अरुको प्रुफरिडिंग, मार्केटिंग, रिसर्च, वेब डेभलपमेन्ट र डिजाइनजस्ता काम गर्न सक्नुहुन्छ । त्यसैगरि विभिन्न लेख, रचनाहरू लेखेर कन्टेन्ट राइटर बनि प्रशस्त आम्दानी गर्नेको पनि ठुलो जामात छ ।
राम्रो भिडिओ खिच्न र बनाउन दख्खल राख्नेका लागि केहि सर्त पुरा गरेर यूटुबबाट समेत अहिले भिडिओ चलेको अनुसार राम्रो आम्दानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *